१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्रत्येक अस्पतालमा संक्रमण नियन्त्रण कमिटी राख्न चिकित्सकहरुको सुझाव


0
Shares

अस्पतालमा हुने इन्फेक्सन नियन्त्रण र रोकथामबारे बिहीबार काठमाडौंमा भएको सम्मेलनमा चिकित्सकहरुले अस्पतालमा हुने संक्रमणका कारण २५ प्रतिशत मानिसको ज्यान जोखिममा रहेकाले यसको नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

सम्मेलनमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले अस्पतालले संक्रमण नियन्त्रण गर्न बेवास्ता गर्दा बिरामीको ज्यान जोखिममा परेको भन्दै गुनासो गरे ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा. सुशील प्याकुरेलले संक्रमण नियन्त्रण नगरी उपचार गर्ने हो त्यसले झन् समस्या बढाउने चेतावनी दिए ।

अञ्चल अस्पताल र वीर अस्पतालले नै अस्पतालमा हुने संक्रमण नियन्त्रण नगरी उपचार गराइरहेको डा. प्याकुरेलले बताए ।

चिकित्सक र नर्सको लापरबाहीका कारण पनि अस्पतालमा संक्रमण बढेको चिकित्सकहरुले बताएका थिए ।

बिरामीको उपचारअघि हात धुने, बेड सिट, पर्दाको सफाइ र बिरामीलाई धेरै व्यक्तिसँग भेट गर्न नदिए संक्रमणलाई कम गर्नसकिने चिकित्सकको सुझाव छ ।