‘सिमारहित दृष्टि’ भन्ने नारासहित १४ औं सार्क एकडेमी अफ अफथाल्मोलोजी सम्मेलन यही असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल अफथालमिक सोसाइटीको आयोजनामा हुन लागेको सम्मेलमा सार्क देशहरुसहित अमेरिका, बेलायत, रसिया, क्यानडा लगायत २४ देशको सहभागिता रहने छ । सम्मेलनबारे जानकारी दिन आइतबार गरिएको पत्रकार सम्मेलनमा सार्क राष्ट्र लगायत विश्वका विभिन्न देशहरुबाट…