
धादिङ, असार ३ । भुस्याहा कुकुर नियन्त्रण गर्न धादिङमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ ।
पशुसेवा कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा छाडा छाडिएका कुकुरको बध्याकरण गरी रेविजविरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।
कुकुरको संख्यालाई मानवीय तवरबाट व्यवस्थापन गर्न बन्ध्याकरण अभियान थालिएको पशुसेवा कार्यालयले जनाएको छ ।
योसँगै कुकुरमा हुने अन्य रोगको औषधि उपचारसमेत गरिएको छ ।
छाडा छाडिएका कुकुरका कारण नगरपालिकामा समस्या उत्पन्न हुन थालेको र सोको नियन्त्रणका लागि कुकुरलाई मार्न नपाईने भन्दै पशु अधिकारकर्मीहरुले आवाज उठाउन थालेसँगै वैज्ञानिक तरिकाले मानवीय ब्यवहारबाट कुकुरको व्यवस्थापनका लागी यस्तो अभियान चलाइएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्