२० रुपैयाँमा आँखाको ज्योति फर्कियो • Image Khabar Image Khabar


२० रुपैयाँमा आँखाको ज्योति फर्कियो


Imagekhabar
३१ जेष्ठ २०७५, बिहीबार ०५:३५

२० रुपैयाँमा आँखाको ज्योति फर्कियो

डीबी विष्ट (इमेज):

बझाङ, जेठ ३१ । बझाङमा १९० जनाले गुमेको आँखाको ज्योति पाएका छन् ।

कैलाली जिल्लाको गेटा आँखा अस्पतालले बझाङमा सन्चालन गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

२० रुपैयाँ तिरेर आँखाको शल्यक्रियामार्फत् आँखामा ज्योति फर्किएपछि उनीहरु निकै खुसी भएका छन् ।

बुधबारदेखि सन्चालन भएको दुईदिने आँखा शिविरमा १९० जनाको शल्यक्रिया गरिएको र ६५० जनाले ओपीडी सेवा लिएको आँखा उपचार केन्द्र सिमखेतकाका इन्चार्ज व्यासमुनि रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्