१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


‘रगत भन्डारण र व्यवस्थापनमा सुधार आवश्यक’


0
Shares

काठमाडौं, जेठ ३१ । आज विश्व रक्तदाता दिवस । ‘अरुका लागि पनि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसक्रममा थापाथलीस्थित प्रसुतिगृहले बिहीबार विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनायो ।

अस्पतालका चिकित्सक, कर्मचारी सर्वसाधारणलगायतले रक्तदान पनि गरेका थए ।

नेपालमा रगतको मागअनुसारको पूर्तिको अवस्था सन्तोषजनक रहेपनि रगतको भन्डारण र व्यवस्थापनमा भने अझै सुधारको आवश्यकता रहेको चिकित्सकको भनाइ छ ।

चिकित्सकहरुले सामान्यतया: एक व्यक्तिको शरीरमा ६ लिटर रगत उत्पादन हुने र  रक्तदानका समय एक युनिट अर्थात् ४७० मिलिमिटर रगतमात्र निकालिने भएकाले त्यसले व्यक्तिलाई कुनै हानि नहुने जानकारी गराए ।

कार्यक्रममा रक्तदान गर्नेलाई सम्मान गरिएको थियो ।