१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


आँखामा लाग्ने रोगबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


0
Shares

‘सिमारहित दृष्टि’ भन्ने नारासहित १४ औं सार्क एकडेमी अफ अफथाल्मोलोजी सम्मेलन यही असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

नेपाल अफथालमिक सोसाइटीको आयोजनामा हुन लागेको सम्मेलमा सार्क देशहरुसहित अमेरिका, बेलायत, रसिया, क्यानडा लगायत २४ देशको सहभागिता रहने छ ।

सम्मेलनबारे जानकारी दिन आइतबार गरिएको पत्रकार सम्मेलनमा सार्क राष्ट्र लगायत विश्वका विभिन्न देशहरुबाट आएका नेत्र चिकित्सकसँग अन्धोपनको समस्याबारे छलफल गरिने जानकारी दिइयो । 

नेपालका आँखा रोग विशेषज्ञहरुको समेत अभावका कारण समस्या भएको भन्दै चिकित्सकहरुले अझै ३ सयभन्दा बढी चिकित्सक आवश्यक रहेको बताएका छन् ।