काठमाडौं, साउन १० । आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्र्दै चिकित्सकहरुले बिहीबार राजधानीमा निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षण अस्पतालबाट शान्तिपूर्णरुपमा निस्किएको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बल प्रयोग गरी झण्डै चार दर्जन चिकित्सकहरुलाई नियन्त्रणमा लिई पुलिस क्लबमा पुर्याएको छ । प्रहरी भ्यानमा राखिएका चिकित्सकहरुले भ्यानभित्रैबाट ‘एक…