
ताप्लेजुङ । ताप्लेजुङ अस्पतालमा फोहोर व्यवस्थापन नगर्दा अस्पताल परिसर दुर्गन्धित बनेको छ ।
जसले विरामी र विरामी कुरुवा समस्यामा पर्ने गरेका छन् । निको हुन आएका विरामी र कुरुवा दुर्गन्धले अस्पताल भित्र बसिनसक्नु भएको बताउँछन् ।
अस्पताल भित्रका कर्मचारी पनि दुर्गन्धले आतंकित छन् । अस्पताल भित्रको प्रसुति गृहको फोहोर त्यतिकै छाड्ने गरिएको छ भने अरु फोहोर पनि जताततै देखिन्छ ।
विरामी सुत्ने बेडसमेत धुलाम्मे छन् । हरेक कोठामा माकुराले जालो लगाएको छ ।
शौचालयको अवस्था झन् दयनीय छ । वर्षौदेखि अस्पतालभित्र यसरी फोहोर थुप्रँदा पनि कसैको ध्यान गएको छैन ।
प्रतिक्रिया दिनुहोस्