२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


२६ दिनदेखि अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था गम्भीर


0
Shares

काठमाडौं, साउन ९ । २६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ ।

डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् ।

उनको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिए ।

शरीरमा ग्लुकोजको मात्रा कम भएका कारण त्यसको प्रत्यक्ष असर मष्तिस्कमा हुने डा. भुसालले बताए ।

डा. केसीलाई मंगलबारदेखि बान्ता हुन थालेको र स्मरण शक्ति कम हुँदै गएको डा. भुसालले जानकारी दिए ।

कुनै किसिमको स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका डा. केसीलाई आवासीय चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्रिवि शिक्षण अस्पताललेसमेत डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको भन्दै आवासीय चिकित्सकहरुले बुधबार स्वास्थ्य परीक्षण गरेका हुन् ।

स्वास्थ्य अवस्था नाजुक बन्दासमेत कुनै निचोडमा पुग्न नसकेका कारण बिहीबारदेखि थप आन्दोलनका कार्यक्रम सन्चालन गर्नेसमेत चिकित्सकहरुले जनाएका छन् ।