
काठमाडौं, साउन ९ । डा.गोविन्द केसीको अनशन र मागप्रति समर्थन जनाउँदै आज पनि चिकित्सकहरु रिले अनशनमा बसेका छन् ।
देशका ठूला सरकारी अस्पतालका आवासीय चिकित्सक, प्रशिक्षार्थी चिकित्सकलगायतका चिकित्सकले हिजोदेखि रिले थालेका हुन् । अनशन विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने गरेको छ ।
यसैगरी, बसन्तपुर दरवार क्षेत्रमा पनि सर्वसाधारण, वुद्धिजिवी, नागरिक समाजमा अगुवा र चिकित्सकसमेतले रिले अनशन जारी राखेका छन् ।
चिकित्सकहरुले रिले अनशन जारी राखे पनि सेवा भने नरोकिएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण र वीर अस्पतालका आवासीय चिकित्सकले भने आकस्मिकबाहेक अरु सेवा छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्