नवलपरासी । पश्चिम नवलपरासीको भूमहीस्थित जर्गाहामा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । आईसीयुसहित चिकित्सकको व्यवस्था गरेर प्रहरी युक्ति तालिम महाविद्यालयमा सर्पदंश उपचार केन्द्र निर्माण गर्न लागिएको हो । यो जिल्लाकै पहिलो सर्पदंश अस्पतालसमेत हो । जिल्ला अस्पतालमा समेत सुविधा सम्पन्न उपचार सेवा उपलब्ध नहुँदा यहाँ आएका बिरामीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता रहँदै आएको…