
नवलपरासी । पश्चिम नवलपरासीको भूमहीस्थित जर्गाहामा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ ।
आईसीयुसहित चिकित्सकको व्यवस्था गरेर प्रहरी युक्ति तालिम महाविद्यालयमा सर्पदंश उपचार केन्द्र निर्माण गर्न लागिएको हो ।
यो जिल्लाकै पहिलो सर्पदंश अस्पतालसमेत हो ।
जिल्ला अस्पतालमा समेत सुविधा सम्पन्न उपचार सेवा उपलब्ध नहुँदा यहाँ आएका बिरामीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।
पश्चिम नवलपरासी सर्पको बिगबिगी हुने क्षेत्र हो । गर्मीयाममा दैनिकजसो ५ देखि ६ जनालाई सर्पले डस्ने गरेको तथ्यांक छ ।
सुनवल नगरपालिकाको आर्थिक सहयोगसहित कूल २८ लाख रुपैयाँमा निर्माण हुने अस्पताल तीन महिनाभित्र संचालनमा आउने महाविद्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । अस्पतालमा सर्पदशंबाहेकका बिरामीको पनि उपचार हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्