७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


सरकार र आन्दोलनरत चिकित्सकहरुबीच आज वार्ता हुने


0
Shares

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच आज वार्ता हुने भएको छ ।

मुलुक फौजदारी संहिताको विरोध गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव वार्तामा बोलाएका हुन् ।

सरकारी टोली र आन्दोलनरत चिकित्सकहरुबीच स्वास्थ्य मन्त्रालयमा वार्ता हुने बताइएको छ ।

यसैबीच नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा प्रशासनिक काम ठप्प भएको छ ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारसँग वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने बताएका छन् ।

संघले भोलि आकस्मिकवाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना बन्द गर्ने, मंगलबारदेखि आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना बन्द गर्ने, बुधबारदेखि आकस्मिक सेवा वाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवावाहेकका ल्याव तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

मुलुकी फौजदारी संहिताको मस्यौदा तयार गर्दा आफूहरूलाई एक पटक पनि नसोधिएको र  बदनियतपूर्ण तरिकाले आफूहरुको पेशालाई बदनाम गराउने प्रयास भएको आरोप चिकित्सकहरुले लगाउँदै आएका छन् ।

उनीहरूले अपराध संहिताको  दफा २३० देखि २३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग गरेका छन् ।