
काठमाडौं, साउन ८ । सरकार र आमरण अनशनमा रहेका डा. गोविन्द केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको छ ।
डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो ।
शिक्षा मन्त्रालयमा जारी वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी छन् ।
यस्तै, सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित तीन सदस्यीय वार्ता टोली रहेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले चिकित्सा शिक्षा विधेयकका बुँदामा संशोधन गर्ने ‘म्यान्डेट’ सरकारी टोलीलाई दिएपछि दुई पक्षबीच औपचारिक वार्ता सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्