
गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन ८ । चिकित्सा शिक्षा क्षेत्रको बेथिति अन्त्यको माग राख्दै विगत २५ दिनदेखि अनशनरत् डा. गोविन्द केसीको समर्थनमा प्रबुद्ध समुदाय, नागरिक समाज, चिकित्सक र सर्वसाधारण देशैभर एकसाथ सडकमा ओर्लिएका छन् ।
डा. केसीलाई सरकारले जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएपछि संवाद सुरु हुने अपेक्षा धेरैको थियो । तर, सत्तापक्षले झन् कडारुप देखाएपछि समस्या झन् जटिल बनेको छ ।
सरकार जति कडारुपमा प्रस्तुत् हुन खोज्दैछ, डा. केसीको पक्षमा समर्थन पनि उत्तिकै बढिरहेको छ । यी दुई पक्षबीच जुहारी नै चल्न थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको समर्थनमा मानवअधिकारकर्मीहरु सडकमा उत्रिएपछि सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कटाक्ष गरे ।
मानवअधिकार र अनशनबीच कुनै तालमेल नभएको प्रधानन्त्रीको भनाइ सार्वजनिक भएपछि मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्रीको भनाइको आफ्नै तरिकाले व्याख्या गरे ।
प्रधानमन्त्रीले सत्याग्रहमा रहेका डा. केसीका समर्थकहरुलाई सत्याग्रहका नाममा पाखुरा सुर्कने र मुड्की बजारेर सत्याग्रह हुँदैन भन्ने अभिव्यक्ति दिए ।
त्यो अभिव्यक्तिको कटाक्ष गर्दै मानवअधिकारकर्मी पहाडीले सत्याग्रहको ‘परिभाषा’ पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकको विषयमा संसदबाटै समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।
अधिकारकर्मी पहाडीले अहिलेसम्म सरकारी पक्षले नै कमजोरी गरिरहेको भन्दै संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरेर समाधान खोज्नसकिने प्रधानमन्त्री ओलीको धारणा सकारात्मक रहेको बताउँदै केही कमी–कमजोरी पनि औंल्याए ।
प्रतिक्रिया दिनुहोस्