Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालि कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


754
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जना विद्धरु १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

२०७६ माघ १५ गते भएको ठेक्का सम्झौतामा उच्च गतिको कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको विषयमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र ठेक्का पाएको वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले सोही बराबरको बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

बोलपत्र दस्तावेज मा उल्लेख भए अनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस-२ कन्ट्रोलरमा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको अख्तियारको जिकीर छ ।