Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


देउसीको रौनक सर्वत्र

युवायुवतीहरु समूह बनाएर शुक्रबार बिहानैदेखि घरघरमा देउसी खेल्दै हिँडिरहेका छन् । यस्तै, वृद्धवृद्धादेखि विभिन्न संघ–संस्थाले पनि आ–आफ्नो समूह बनाएर देउसी खेलिरहेका छन् । सहर–बजारमा भने मादलको तालमा नाच्ने–गाउनेहरुका साथसाथै गितार बजाएर देउसी खेल्दै हिँड्नेहरु पनि प्रशस्तै भेटिने गरेका छन् ।