२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थाई राजकुमारीले लुम्बिनीमा के–के गरिन् ?


0
Shares

राजकुुमारी सिरिनधोर्न शुक्रबार काठमाडौंबाट बुद्ध एअरको विमान चार्टर गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुुँदै लुुम्बिनी आइपुगेकी हुन् ।

थाई एअरको विशेष विमानबाट शुक्रबारै बिहान उनी काठमाडौं आइपुगेकी थिइन् ।

भैरहवाबाट कडा सुरक्षाबीच लुुम्बिनी पुगेकी राजकुमारीले थाई सरकारद्वारा निर्मित रोयल थाई बिहारमा पूजा–आराधना गरिन् । उक्त बिहारमा उनले आधा घन्टाभन्दा बढी पूजा गरेकी थिइन् ।

बुुद्ध जन्मस्थल लुुम्बिनीको भ्रमणका लागि आएकी थाई राजकुमारीले विश्व शान्ति दीपनजिक रहेको पर्यटक सूचना केन्द्रमा सन्चालित आँखा शिविरको अवलोकनसमेत गरिन् ।

उनले थाई सरकारको सहयोगमा निर्मित बेबी बुद्ध हुँदै मायादेवी मन्दिरमा पुुगेर दर्शन पनि गरिन् ।