
जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर–२ पिपरामा ९ ओटा गाई रहस्यमय तरिकाबाट मृत अवस्थामा फेलापरेका हुन् ।
पूर्व–पश्चिम राजमार्गमै गाई मृत अवस्थामा भेटिएपछि स्थानीयवासी आचश्र्यमा परेका छन् ।
गाईलाई सवारी–साधनले ठक्कर दिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुमान छ ।
मृत भेटिएकामध्ये तीनओटा गाईलाईमात्र चोट लागेको र अरु गाईमा चोट नदेखिएकाले यसै भन्न भने नसकिने प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी नायव निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्