काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाउनुभएको छ। परिषद्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठकमा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयसहित अन्य एजेन्डामा छलफल हुने स्रोतले जनाएको छ। हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेको छ।
प्रधानन्यायाधीश शर्मा अध्यक्ष रहने न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य हुनुहुन्छ।









प्रतिक्रिया दिनुहोस्