बागलुङ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना मजदुरको मृत्यु भएको छ। घटनामा एक जना मजदुर गम्भीर घाइते भएका छन्।
सोमबार बिहान झिवाखोला–बोहोरागाउँ जोड्ने भित्री सडकमा सडक स्तरोन्नतिको काम भइरहेको थियो। करिब ७ः२० बजे लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको समयमा माथिबाट अचानक माटो खसेपछि काममा रहेका मजदुरहरू त्यसमा पुरिएका थिए।
ढिस्कोमा पुरिएका सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्