Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा नेपाल संवत् र तिहारको शुभकामना


0
Shares

वरिष्ठ नेता पौडेलले शुक्रबार एक शुभकामना सन्देश जारी गरी नेपालको आफ्नै मौलिक संवतका रुपमा रहेको यस संवतले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी वरिष्ठ नेता पौडेलले शुभ दीपावली २०७४ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

‘आ–आफ्ना घरघरमा दीपावली गरी उज्यालो र उल्लासमय पर्वका रुपमा मनाइने यस पर्वले आपसी मित्रता, मेलमिलाप, सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई समेत मजबुत बनाउँदै देशको समग्र विकासमा समेत एकताबद्ध भएर लाग्न प्रेरणा दिने विश्वास व्यक्त गर्दछु,’ नेता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । (रासस)