काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताउनुभएको छ ।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रैथाने मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरहरुमा सरकारले नै आयोजना गर्नुपर्ने बताउनु भयो ।
मेलाले दुर्गम क्षेत्रका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर प्रदान गर्ने उहाँको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्