Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


यमपञ्चकको तेस्रो दिन आज गाईपूजा गरिँदै


0
Shares

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज यमपञ्चकको तेस्रो दिन गाईको पूजा आराधना गरी गाईतिहार मनाउँदै छन् ।

धार्मिक मान्यताअनुसार गाईलाई धनकी देवी लक्ष्मीको प्रतीक र मातृस्वरूपका रूपमा सम्मान गर्ने परम्परा छ । यस दिन गाईलाई स्नान गराएर निधारमा टीका तथा घाँटीमा फूलमाला लगाइदिने गरिन्छ । त्यसपछि धूप, दीप र आरतीसहित पूजा गरी हरियो घाँस, फलफूल तथा विभिन्न परिकार खुवाउने चलन छ ।

गाईको पूजा गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ । वैदिक परम्परामा समेत गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ ।

धार्मिक आस्थासँगै गाईतिहारले पशुप्रति माया, दया र संरक्षणको भावना विकास गर्न पनि प्रेरित गर्ने विश्वास गरिन्छ ।

Skip This