Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


नेप्से १२ अंकले घट्यो, कारोबार रकम भने बढ्यो


0
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको हो ।

बजार घटे पनि अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा कारोबार रकम भने बढेको छ ।

आज १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै १२ उपसमूहको परिसूचक ओरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये १८५ वटाको शेयर मूल्य घट्दा ८६ वटाको मूल्य बढेको छ । अप्पर लोहोरेखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ भने एभरेष्ट कलरको मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।

दिनभर ३५३ वटा स्टकका १ करोड १२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

Skip This