मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत् महरा राष्ट्रपतिसँग साक्षात्कार गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् । ‘मेरो अभिभावक थाहा छैन तर मैले राष्ट्रपति नै अभिभावक पाएकी छु त्यसैले म असाध्यै खुसी छु,’ उनले भनिन् । दियाँ स्कुल हाडिगाउँमा कक्षा ९ मा अध्ययनरत् विनिता थामी पनि राष्ट्रपतिसँग पटक–पटक भेट्न पाउँदा रमाइलो अनुभव सुनाउछिन् ।…