थोरै रकम खर्च गरी कार्यालयकै कर्मचारी खटाएमा पुनर्निर्माण हुन सक्ने वीरेन्द्र फूलवारी जनप्रतिनिधि आएपछि पनि लथालिंग र भताभुंग अवस्थामै छ । निर्वाचनमा तानसेनवासीलाई स्र्माट सिटीको सपना बाँडेका नवनिर्वाचित जनप्रतिनिधि अहिले मात्र कार्यालयमा सीमित बनेका छन् । जनप्रतिनिधिको काम अहिले कार्यालय आउने र फर्कनेमात्र बनेको छ । पाल्पा जिल्ला भित्रका संरचनाहरु लथालिंग हुँदा समेत जनप्रतिनिधिको ध्यान…