
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई ओटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
सो निवेदनमाथि यही असोज २४ गते सुनुवाई भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो ।
निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्