Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


धनगढीमा अनैतिक गतिविधिमा संलग्न ११ महिलासहित २४ जना प्रहरीको नियन्त्रणमा


26
Shares

काठमाडाैं । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे हाे । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई प्रहरीकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे हाे ।