
थोरै रकम खर्च गरी कार्यालयकै कर्मचारी खटाएमा पुनर्निर्माण हुन सक्ने वीरेन्द्र फूलवारी जनप्रतिनिधि आएपछि पनि लथालिंग र भताभुंग अवस्थामै छ ।
निर्वाचनमा तानसेनवासीलाई स्र्माट सिटीको सपना बाँडेका नवनिर्वाचित जनप्रतिनिधि अहिले मात्र कार्यालयमा सीमित बनेका छन् । जनप्रतिनिधिको काम अहिले कार्यालय आउने र फर्कनेमात्र बनेको छ ।
पाल्पा जिल्ला भित्रका संरचनाहरु लथालिंग हुँदा समेत जनप्रतिनिधिको ध्यान त्यसतर्फ गएको देखिदैंन । नगरपालिकाको मुख्य कार्यालय अगाडि नै रहेको वीरेन्द्र पार्क अहिले प्रयोगविहीन बनेको छ । जुन पार्क नगरपालिकाले मोटो रकम खर्च गरेर निर्माण गरेको थियो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्