जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, अधिकारवादी संघ–संस्था तथा स्थानीयले प्रदेश नम्बर–१ को राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटा बजारमा उल्टो हिँडेर दबाब र्याली गरेका हुन् । २५० वर्षदेखि प्रशासनिक केन्द्रकारुपमा रहेको धनकुटा प्रादेशिक राजधानीका लागि भौगोलिक, सामरिक तथा सरकारी जग्गा र पूर्वाधारका दृष्टिले उपयुक्त भएको उनीहरुको दाबी छ । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर…