१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डोटीको घोरणीमा दुई बस ठोक्किए, दुईजनाको मृत्यु, २४ घाइते (४ तस्वीर)


0
Shares

अरु २४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा देहिमान्डौं बैतडीकी ८० वर्षीया द्रौपती भण्डारी र पर्शुराम नगरपालिका–१४ का विक्रम बोहरा छन् ।

डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना४ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना५ख ६०८१ नम्बरका बस मंगलबार मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुको परिचय खुलिसकेको छैन ।

घाइते भएका २४ जनामध्ये गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ । बाँकीको डडेल्धुरामा उपचार भइरहेको घटनास्थलमा रहेका प्रहरीचौकी गैराका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए ।

सानो बाटोमा तीव्रगतीका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि राजमार्ग अवरुद्ध बनेको छ । उद्धारपछि डोजरको सहायताले बसहरु हटाएर राजमार्ग सुचारु गरिने इन्चार्ज चन्दले जानकारी दिए । 

तस्वीरः ताराप्रसाद अधिकारीको फेसबुकबाट ।