२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन


0
Shares

सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनकाअनुसार अन्तिम दिन सोमबारमात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो ।

मंसिर २१ गते हुने ती दुवै निर्वाचनका लागि एक हजार म्यादी प्रहरीको खाँचो पर्ने र कात्तिक ५ गतेदेखि छनोटको प्रक्रिया सुरु गरिने बताइएको छ ।

निवेदन दिएकामध्ये दुई हजार १४७ पुरुष र ४९५ महिला छन् । निवेदन दिनेमा दशौं कक्षा उत्तीर्णदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि छन् ।

स्थानीय तहको निर्वाचनमा कास्कीमा ९८८ म्यादी प्रहरी भर्ना गरिएको थियो । रासस