
जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघ, अधिकारवादी संघ–संस्था तथा स्थानीयले प्रदेश नम्बर–१ को राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटा बजारमा उल्टो हिँडेर दबाब र्याली गरेका हुन् ।
२५० वर्षदेखि प्रशासनिक केन्द्रकारुपमा रहेको धनकुटा प्रादेशिक राजधानीका लागि भौगोलिक, सामरिक तथा सरकारी जग्गा र पूर्वाधारका दृष्टिले उपयुक्त भएको उनीहरुको दाबी छ ।
धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर सोलुखुम्बुलगायत पूर्वीपहाडी जिल्लाहरुको विकास र पिछडिएको क्षेत्रका बासिन्दाको सुविधाका लागि पनि प्रादेशिक राजधानी धनकुटामै हुनुपर्ने उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्