२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना


0
Shares

दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् ।

साथै, राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । रासस