डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर) • Image Khabar Image Khabar


डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर)


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार ११:३९

डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर)

बसमा सवार अरु २१ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ ।

मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–४ भुजालीका ४५ वर्षीय जगदीश चन्द, बडीकेदार गाउँपालिका–४ रोलकी ३५ वर्षीया मीना पुनमगर र बडीकेदार गाउँपालिका–४ पुन्ताराकी साढे तीन वर्षीया बालिका पुष्पा जेठारा रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

डोटीको बर्छेनबाट धनगढी तर्फजाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस बिहीबार बिहान पौने १० बजेतिर दुर्घटना भएको हो ।

साँघुरो कच्चीसडकमा तीव्रगतिमा रहेको बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बसचालक प्रकाश सिंह भने फरार छन् । 

डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर)

डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर)

डोटी बस दुर्घटनाः तीनजनाको मृत्यु, २१ घाइते (४ तस्वीर)

प्रतिक्रिया दिनुहोस्