श्राद्ध गर्न गएका दाजुभाई नुहाउने क्रममा डुबेर बेपत्ता • Image Khabar Image Khabar


श्राद्ध गर्न गएका दाजुभाई नुहाउने क्रममा डुबेर बेपत्ता


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार १८:४५

श्राद्ध गर्न गएका दाजुभाई नुहाउने क्रममा डुबेर बेपत्ता

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ छन् ।

दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ । (रासस)

प्रतिक्रिया दिनुहोस्