लिम्बू समुदायको देउसी–भैलो (लारीङ्गे–नाम्लिङ्गे) जोगाउनै मुस्किल • Image Khabar Image Khabar


लिम्बू समुदायको देउसी–भैलो (लारीङ्गे–नाम्लिङ्गे) जोगाउनै मुस्किल


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार १५:१६

लिम्बू समुदायको देउसी–भैलो (लारीङ्गे–नाम्लिङ्गे) जोगाउनै मुस्किल

बलिहाङको आयुको पुकार गर्दै देउसी र भैलो भन्ने ठाउँमा यो समुदायमा लारीङ्गे र नाम्लिङ्गे भन्ने भन्ने गरिन्छ । दिन–रात तथा समयअनुकूल लारीङ्गे र नाम्लिङ्गे शब्दको प्रयोग गरिन्छ ।

तर, पछिल्लो समय युवापुस्ताले यो संस्कृतिलाई बेवास्ता गरेकाले संस्कृति नै लोप हुन लागेको भन्दै यो समुदायका अग्रजले चिन्ता व्यक्त गरेका हुन् ।

पहिला–पहिला गाउँका घरघरमा गइ लामो समयसम्म लारीङ्गे र नाम्लिङ्गे खेली संस्कृतिको संरक्षण गर्ने गरिएपनि पछिल्लो समय युवाहरु पाश्चात्य संस्कृतिमा तानिएको ताप्लेजुङ नगरपालिकाका लिम्बू संस्कृतिका ज्ञाता छत्रबहादुर लिम्बू बताउँछन् ।

अहिले यसको संरक्षणका लागि किराँत याङ्थुङ चुङ्लुङलगायतका केही संस्थाले सहरकेन्द्रित देउसी खेले पनि गाउँका युवा र लिम्बू समुदायले भुल्दै गएको लिम्बूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्