प्रहरीले बलात्कारको आरोपमा सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ यहाँ कार्यरत् १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरी अनुसन्धान थालेको हो । खड्काले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चलाउँदै आएका थिए । उनले मंगलबार साँझ पसलबाट घर फर्कंर्दै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्याइदिने आश्वासन दिएर बलात्कार गरेको भन्दै किशोरीका परिवारले…