
पक्राउ पर्नेमा माछापुच्छे गाउँपालिका–२, च्याङलुङ का ४० वर्षीय गमबहादुर गुरुङ र ३१ वर्षीय चन्द्रबहादुर पौडेल रहेका छन् ।
प्रहरी टोली र अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गुरुङको घरमा खानतलासी गर्दा एकथान चितुवाको छाला, एकथान भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा र खाली खोका २७ थानसहित उनीहरु पक्राउ परेको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए ।
पौडेलले चितुवा मारी त्यसको छाला गुरुङलाई राख्न दिएको अनुसन्धानकाक्रममा खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्