Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


रुकुम पश्चिम वडाध्यक्ष कुटपिट घटनाबारे छानविन गर्न समिति गठन


403
Shares

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने जनाइएको छ।