काठमाडौं ।
काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठ क्षेत्रमा कारबाही गर्दै उक्त सुन बरामद गरेको हो।
प्रहरीले सुनसँगै केही व्यक्तिलाई समेत पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको पहिचान तथा उनीहरूबाट बरामद भएको सुनको स्रोतबारे भने प्रहरीले तत्काल विवरण सार्वजनिक गरेको छैन।
पक्राउ परेका व्यक्तिहरू र घटनाबारे थप जानकारी भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्