Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउन नेपाल–भारत सहमत


0
Shares

काठमाडौँ। काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन नेपाल र भारतीय प्रधानमन्त्रीबिच सहमति भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीबिच बी ३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति भएको हो।

यस सम्बन्धमा आवश्यक कार्यविधि (मोडालिटी) लाई अन्तिम रूप दिन तथा दुवै पक्षबाट छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।