ठूलो परिमाणमा लागुऔषधसहित नागढुंगाबाट युवक पक्राउ « Image Khabar


ठूलो परिमाणमा लागुऔषधसहित नागढुंगाबाट युवक पक्राउ


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १५:२२

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौं आउँदै गरेको ना७ख ६३४२ नम्बरको यात्रीबाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको जानकारी दिए ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्