महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।…