जबर्जस्ती करणीबाट १२ वर्षीया बालिका गर्भवती, आरोपी पक्राउ • Image Khabar Image Khabar


जबर्जस्ती करणीबाट १२ वर्षीया बालिका गर्भवती, आरोपी पक्राउ


Imagekhabar
९ चैत्र २०७४, शुक्रबार ०७:१७

जबर्जस्ती करणीबाट १२ वर्षीया बालिका गर्भवती, आरोपी पक्राउ

आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्