
६१ थान अवैध सिसौका गोलियासहित सःमिल सन्चालक भूपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआइटी टोली र इलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ ।
सःमिल सन्चालन गर्दै आएका देवराजको सःमिलबाट ३६ गोलिया र भूपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताए ।
जिल्ला वन कार्यालय कन्चनपुरका प्रमुख शिवप्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सन्चालकमाथि वन ऐनअन्तर्गत् कारबाही गरिने बताए । रासस
प्रतिक्रिया दिनुहोस्