सुस्त मनस्थितिकी किशोरी बलात्कार आरोपमा ट्यांकर चालक पक्राउ • Image Khabar Image Khabar


सुस्त मनस्थितिकी किशोरी बलात्कार आरोपमा ट्यांकर चालक पक्राउ


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १७:५३

सुस्त मनस्थितिकी किशोरी बलात्कार आरोपमा ट्यांकर चालक पक्राउ

प्रहरीले बलात्कारको आरोपमा सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ यहाँ कार्यरत् १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

खड्काले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चलाउँदै आएका थिए ।

उनले मंगलबार साँझ पसलबाट घर फर्कंर्दै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्‍याइदिने आश्वासन दिएर बलात्कार गरेको भन्दै किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्