जीवन खड्का,रुकुम (पश्चिम भाग) । बाँफिकोट गाउँपालिका २ लामाचौर निवासी बलबहादुर नाथको ६ वर्षीय छोरा रमेश नाथलाई सोहि गाउँका ३३ वर्षीय भक्त बहादुर नाथले ढुंगाले हानेर हत्या गरेको आरोपमा शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार घर नजिकैकाे बाटाेमा खेलिरहेका बालकलाई सोहि गाउँका ३३ वर्षीय भक्त बहादुर नाथले एक्कासी ढुंगाले टाउको हानेका थिए ।
टाउकोमा ढुंगाले हानेपछि बालकको नाक र मुखबाट रगत आएर गम्भिर घाईते भएका थिए । लगत्तै स्वास्थ्य चौकी पिपलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले जानकारी दिनुभयो ।
हत्या आरोपी भक्तबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्