
मंगलबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेकाहरुमा मकवानपुर, बकैया–६ का सोमबहादुर तितुङ, मकवानपुर, रानीसेराका बज्रबहादुर भोम्जन र मकवानपुर, गढी–शिखरकोटका प्रेमबहादुर थिङ रहेका छन् ।
उनीहरुको साथबाट केही नगद र मोबाइलहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध अफिमको खेती नेपालमा हुने गरेपनि प्रशोधन भने विदेशमै हुने गरेको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले बताए ।
पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्